नियम १४८
पेश्की खर्च विधेयक
(१) संविधानको धारा १२२ को उपधारा (१) बमोजिम अर्थ मन्त्रीले बैठकमा पेश्की खर्च विधेयक प्रस्तुत गर्न सक्नेछ ।
(२) पेश्की खर्च विधेयकको सम्बन्धमा सभामुखले उपयुक्त ठह¥याएको कार्यविधि अपनाइनेछ ।
(३) संविधानको धारा १२२ को उपधारा (२) बमोजिमको विधेयक प्रस्तुत गर्ने र पारित गर्ने कार्यविधि पेश्की खर्च विधेयक सरह हुनेछ ।